Logo

समाचार

निःशुल्क मृगौला प्रत्यारोपनको व्यवस्था गर्ने जसपाको घोषणा [पूर्णपाठ]



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले निःशुल्क स्वास्थ्य उपचार सेवा उपचार उलब्ध गराउने प्रतिबद्धता जनाएको छ । जेष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनी रहेका दलित तथा अपाङ्गता भएका व्यक्तिहरुका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने चुनावी घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको हो ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज (शनिबार) सार्वजनिक गरेको घोषणापत्रमा जसपाले यस्तो प्रतिबद्धता जनाएको हो । यसैगरी न्यू आए भएका जनताको मुटु रोग, मधुमेह, क्यान्सर, मस्तिष्क र मृगौलासम्बन्धी जटिल रोगहरुको उपचारका लागि राज्यले दिँदै आएको सहयोगलाई शतप्रतिशत वृद्धि गर्नुका साथै मृगौला प्रत्यारोपण निःशुल्क रुपमा गर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

स्वास्थ्य सेवालाई गाउँगाउँमा पु¥याउन उपत्यकाबाहिर मेडिकल कलेज र अस्पताल खोल्ने सामुदायिक संस्थाहरुलाई विशेष सुविधा उपलब्ध गराउने पनि जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १६:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।