Logo

समाचार

देशभर २८ जनामा कोरोना संक्रमण, १८ जना निको



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर ५७० जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जना संक्रमित निको समेत भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १६:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।