Logo

अर्थ

अब मर्जर हुने कम्पनीको सेयर १५ दिनभन्दा बढी रोक्का नहुने (निर्देशिकासहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले आज (कात्तिक २४ गते)देखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’मा यस्तो व्यवस्था गरिएको हो । निर्देशिकामा दफा १३ गरिएको सेयर कारोबार फुकुवासम्बन्धी विशेष व्यवस्थामा यो प्रावधान राखिएको हो ।

विशेष व्यवस्थामा उल्लेख भएअनुसार यो निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयर कारोबार फुकुवा हुने व्यवस्था गरएको छ ।

आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ । निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ ।

निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर भने मर्जर सम्झौता गरेको भोलिपल्टबाट नै रोक्का राख्नुपर्नेछ। त्यस्तै निर्देशिकाले बढीमा ६ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ ।

अब सूचीकृत कम्पनीहरु मर्जरमा जाँदा बढीमा १५ दिनमात्र सेयर कारोबार रोक्का गर्न पाइने व्यवस्था निर्देशिकामा गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार १३:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।