Logo

अर्थ

पिपुल्स् हाईड्रोपावरको आईपीओ बिक्री खुला



काठमाडौं । पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडले आज (शुक्रबार) बाट सर्वसाधारणहरुका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

हाईड्रोपावरले प्रति सेयर अंकित मुल्य रु १०० दरको ५६ लाख ६ हजार ३९० कित्ता साधारण सेयर (आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाईएको शेयर बाँडफाँड गरि बिक्री हुन बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता शेयर समेत) मध्ये कुल निष्काशनको ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षित गरि र कुल निष्काशनको ५ प्रतिशत अर्थात २ लाख ८० हजार ३२० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरि बाँकी रहने ५१ लाख ५७ हजार ८८० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आईपीओको निष्काशन तथा बिक्री कार्तिक २९ गतेसम्म रहने छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन मंसिर ९ गते बैंकिङ्ग समयसम्म लम्बिने छ ।

पिपुल्स् हाइड्रोपावरको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार ११:१३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।