Logo

अर्थ

१० हजारभन्दा बढी कर्मचारी कटौती गर्दै अमेजन



काठमाडौं । प्रख्यात टेक कम्पनी अमेजनले आगामी दिनमा १०,००० कर्मचारीलाई हटाउने योजना बनाएको छ । ट्विटर र मेटा पछि, प्रविधि कम्पनीहरूको संसारमा मानिसहरूको रोजगारी  संकटको सामना गरिरहेको बताइएको छ ।

न्यूयोर्क टाइम्सले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै अमेजनले १० हजार कर्मचारीलाई हटाउने तयारी गरेको छ । रिपोर्टका अनुसार, अमेजनले सेप्टेम्बरमा धेरै साना टोलीहरूको  भर्ना गर्न रोक लगाएको थियो ।  

यसपछि अक्टोबरमा कम्पनीले आफ्नो खुद्रा व्यवसायमा १० हजार भन्दा बढी कर्मचारी भर्ना रोकेको थियो । एजेन्सी

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ०६:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।