काठमाडाैं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले प्रस्ताव गरेको छ। सोही बैठकले लाभांश पारित गर्न कम्पनीले आउँदो पुस ९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले,मंसिर २६ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।




















प्रतिक्रिया