बाँके । बाँके कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । घरको दोस्रो तलामा आगलागी भएको हो ।
बुधबार बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दमकलको सहायताले आगो निभाइएको हाे ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।




















प्रतिक्रिया