Logo

मनोरञ्जन

नखरा कबुलमा पुष्प र वर्षको रोमान्स (भिडियोसहित)



काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वर रहेको गीतमा नारायण नेपालको शब्द रहेको छ भने शशिविक्रम थापाको संगीत रहेको छ।

म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र अभिनेता पुष्प खड्काले अभिनय गरेका छन्। बुद्ध थापाले छायांकन गरेका यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार  १ : २२ बजे