चितवन । चितवनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको गाडीमा आगजनी भएको छ । चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) का उम्मेदवार ठाकुर प्रसाद ढकालले चुनावी प्रचारमा प्रयोग गर्ने गाडीमा आगजनी भएको हो । आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले बताएका छन् । आगजनीबाट गाडीमा आंशिक क्षति पुगेको छ ।
ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)बाट चितवन ३(२) का प्रदेशसभा उम्मेदवार हुन् । मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले गाडीमा पेट्रोल छर्केर आगो लगाई भागेका ढकालले बताएका छन् ।




















प्रतिक्रिया