Logo

मनोरञ्जन

सुपर डान्सर नेपालको ग्राण्ड फिनाले शुक्रबार



काठमाडाैं । नेपाली विज्ञापन बजारमा छोटो समयमै उत्कृष्टताको अवार्ड पाउँदै स्थापित संस्था ए डी रिलिजको निर्माणमा बनेको भारतको सर्वाधिक लोकप्रिय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली फ्रेन्चाइज सुपर डान्सर नेपाल अब प्रसारणको अन्त्यतिर आएको छ। रियल मी प्रेजेंट्स सुपर डान्सर नेपालको सुपर फिनाले यहि शुक्रबार भव्यताका साथ हुने भएको छ ।

सुपर डान्सर नेपालको सुपर फिनालेमा पाँच सुपर जोडीले स्थान पाएका छन्, जसमा जोडी  सिडमिङ्ग (सिद्धार्थ श्रेष्ठ अनि सुपर गुरु मिङ्ग्मा डी लेप्चा), जोडी सानियुम (सानिया भट्टराई अनि सुपर गुरु युमी बलामी), जोडी विश्वाकर (विश्वाश थापा अनि सुपर गुरु कारण शाह), जोडी सुबीरब (सुविक्षा श्रेष्ठ अनि सुपर गुरु रविता मगर), जोडी प्रसुपा (प्रसन्ना राई अनी सुपर गुरु उपासना शाक्य) रहेका छन् । सुपर डान्सरको डान्स प्रस्तुती कलाको आधारमा जजले गरेको मुल्यांकन अनि दर्शकले दिएको भोटको आधारमा सुपर डान्सरको बिजेता छानिने छ, जसलाई ‘डान्सको फ्युचर‘ नाम दिइएको छ।  

ए डी रिलिजले फ्रेन्चाइज ल्याउने हल्ला चल्दानै सुपर डान्सर नेपालको चर्चा नेपाली मनोरन्जन उद्योगमा सुनिएको थियो। अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका विभिन्न समिश्रण अनि प्रयोगमा रहेका डान्सका भिन्न भिन्न कलाहरुलाई सुपर डान्सरहरुले प्रस्तुत गरे भने नेपाली कला अनि संस्कृतिलाई समेत बेजोड रुपमा प्रस्तुत गरियो । शो को निर्माणमा उच्चस्तरिय प्रविधिको प्रयोग अनि थुप्रै चर्चित हस्तीहरुको उपस्थिथिले शो भव्य बनेकाे आयाेजककाे दाबी छ । देश तथा विदेशमा रहेका नेपाली माझ शोले निकै चर्चा प्राप्त गरेकाे कारण सुपर डान्सरहरुले निकै संख्यामा भोट समेत प्राप्त गरेका बताइएकाे छ ।

प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार  ६ : १५ बजे