Logo

कर्पोरेट फोकस

मुस्ताङबाट दशैं लक्षित भेडा च्याङग्रा पोखरा ल्याउने क्रम शुरु



मुस्ताङबाट दशैं लक्षित भेडा च्याङग्रा पोखरा ल्याउने क्रम शुरु भएको छ ।  यसवर्षको दशैंका लागि बुधबारसम्म पोखरामा एक हजारको हाराहारीमा भेडा च्याङग्रा भित्रिएको हो ।

पोखरामा मुस्ताङ, डोल्पा, चीनको तिब्बत लगायतका क्षेत्रबाट भेडा च्याङग्रा भित्रिने गरे पनि यस वर्ष कोरोनाका कारण नाका बन्द भएकाले तिब्बतवाट आउने भेडा च्याङग्रा भित्रिन पाएका छैनन् । व्यापारीका अनुसार गतवर्ष नेपालका विभिन्न स्थानबाट पोखरामा करिब ३५ हजारको हाराहारीमा भेडा च्याङग्रा आउने गरेको भएपनि यस वर्ष बढीमा १५ हजारको संख्यामा मात्र ल्याइने अनुमान छ ।

नाका बन्द भएसँगै चीन र तिब्बतबाट भेडा च्याङग्रा ल्याउन नपाउदा गतवर्षको तुलनामा एउटैको मूल्य करिव १० हजारले बढी पर्ने व्यापारीको भनाइ छ ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार