काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।
चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् । उनले प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने भन्दै जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहने बताएका छन् ।
प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए । उनले भने, ‘चितवन छोडेको होइन । गोरखा गएको हो । यो मेरा लागि चुनौती पनि हो अवसर पनि हो ।’
प्रचण्डले चितवन क्षेत्र नम्बर ३ मा मतदान गरेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित उनी यसपटक भने गोरखा-२ मा उम्मेदवार छन् ।




















प्रतिक्रिया