Logo

प्रमुख समाचार

गलत मतपत्र परेपछि रोकिएको गुल्मीको छापहिलेको मतदान सुरु



गुल्मी । गुल्मीको मालिका गाउँपालिका ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेशसभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो ।

त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुनः मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई जिम्मेवारीबाट परिर्वतन पनि गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।