Logo

प्रमुख समाचार

मतपेटिका साटिएपछि पाल्पाको एक मतदान केन्द्रमा खसेका ६८ मत रद्ध, पुनः मतदान सुरु



पाल्पा । मत पेटिका साटिएपछि पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ ।

६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेपछि त्यसअघि खसेका मत दद्ध गरी पुनः मतदान सुरु गरिएको हो ।

६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो । दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा मतदान सम्पन्न हुन केही ढिला हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।