काठमाडौं । कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका तोडफोड गरेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।
माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका हुन् । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो ।त्यसपछि पु
नः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी नियन्त्रणमा लिएको छ ।




















प्रतिक्रिया