Logo

राजनीति

कास्कीमा १२ बजेसम्म २० प्रतिशत मत खस्यो




कास्की । कास्कीमा जारी मतदानमा १२ बजेसम्म २० प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले १२ बजेसम्म २० प्रतिशत मत खसेको जानकारी दिए । चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए ।

जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।

जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १२:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।