Logo

राजनीति

हुम्लामा ४० प्रतिशत मतदान



सुर्खेत । हुम्लामा दिउँसो १:३० बजेसम्म ४० दशमलब ६७ प्रतिशत मतदाताले मतदान गरेका छन् । निर्वाचन कार्यालयले जनाए अनुसार अहिलेसम्म हुम्लामा जम्मा १३ हजार ३६३ जनाले मतदान गरिसकेका छन् ।

जसमध्ये ६ हजार ९५३ जना पुरुष र ६ हजार ४१० जना महिलाले मतदान गरिसकेका छन् । हुम्लामा आइतबार बिहानदेखि नै मतदान जारी छ ।

मंसिर ४ गते आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान भइरहेको छ । यद्यपि दोलखा सहितका केही स्थानमा भने मतदान रोकिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १४:१२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।