Logo

मनोरञ्जन

अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ : भुवन केसी



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष वनभु केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् ।

अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली लाक, संस्कृति र फिल्मको प्रवर्ध्दनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ४ : ११ बजे