Logo

समाचार

आज दुई जनामा कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोराना भाइरसका दुई जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिउँसो अद्यावधिक गरेको तथ्यांक अनुसार २ सय ४० जनाको परीक्षण गर्दा दुई जना संक्रमित थपिएका हुन् ।

यो अवधिमा १४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय २० रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ४ : ३४ बजे