Logo

प्रमुख समाचार

रुपन्देहीमा सकियो मतदान, ६६ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान



बुटवल । रुपन्देहीमा मतदान सकिएको छ । जिल्लामा कूल ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक अनुमान छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही बेरमै अन्तिम विवरण आइसक्ने बताए । यस आमनिर्वाचनमा बिहानदेखि नै मतदाता मतदान केन्द्र पुग्ने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचनजस्तो उत्साह मतदाताहरूमा नदेखिएको पेर्यवेक्षकहरुले बनाएका छन् ।

अब मतगणनाका लागि मतगणनास्थलमा आवश्यकता अनुसार स्रोतसाधन व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणना गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १८:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।