Logo

प्रमुख समाचार

मकवानपुरमा मतपेटिका संकलनको काम हुँदै, गणना साेमबारदेखि मात्रै



काठमाडौं । मकवानपुरको सबै मतदानकेन्द्रमा मतदान सम्पन्न भएको छ । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम सुरु भएको उनले बताए । आज राति १ बजे सम्म मतपेटिका संकलन गरेर भोलि बिहान सर्वदलीय बैठक आह्वान गरी मतगणना थालिने छ । मतगणना हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको भवनमा गरिने मुख्य निर्वाचन अधिकृति निरौलाले बताए ।

१६७ मतदान स्थलको ३६४ वटा मतदान केन्द्रमा करिब ५५ शत मप्रतित खसेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लुम्बनाथ पोखरेलले बताए । खसेको मतको प्रतिशतको अन्तिम विवरण आइनसकेकाले प्रतिशत थपघट हुनसक्ने उनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १९:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।