काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) मतदान केन्द्रमा पुनः मदतान हुने भएको छ । आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मत पत्र भुलबस दिइएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
त्यस्ता मत पत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुन मतदान गर्ने बताइएको छ । तर पुनः मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वषन्तराज पौडेलले जानकारी दिए ।




















प्रतिक्रिया