काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड क्षेत्र मानिएको भक्तपुर १ मा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार नेमकिपाका प्रेम सुवाल तेस्रो स्थानमा छने भने राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादु खड्का ३ सय ५९ मतका साथ अगाडि छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार नवराज गेलालले ३ सय ५६ मत प्राप्त गरेका छन् । निवर्तमान सांसद रहेका नेमकिपाका सुवालले भने २ सय ९२ मत प्राप्त गरेका छन् । २०७४ सालको आमनिर्वाचनमा सुवाल ३३ हजार ७६ मत प्राप्त गरेर विजयी भएका थिए ।




















प्रतिक्रिया