Logo

प्रमुख समाचार

मोरङ क्षेत्र नम्बर ६ मा मतगणना सुरु



विराटनगर । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । विराटनगरको आदर्श माध्यमिक विद्यालयमा केहीबेरअघिबाट मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

२०७४ सालको निर्वाचनमा पण्डितले कोइरालालाई पराजित गरेका थिए । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका अन्य क्षेत्रको मतगणना पनि सुरु हुँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १३:४४   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।