Logo

राजनीति

काठमाडौं १० मा कांग्रेसका केसीलाई सुरुवाती अग्रता, स्वतन्त्र पार्टीका बिष्ट पछ्याउँदै



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता लिएका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसी १०८० मतका साथ अगाडि छन् ।

कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६९५ मत ल्याएर पछ्याइरहेका छन् । नेकपा एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले ५९५ मतका साथ चौथो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १३:५१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।