Logo

राजनीति

काठमाडौं ४ मा गगन थापाले बढाए राजन भट्टराईसँगकाे मतान्तर



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका गगन थापाले अग्रता बढाएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को ४ हजार २४५ मत गणना सकिँदा गगनले ४४४ मतले लिड गरेका छन् ।

गगनले २ हजार २५ मत पाएका छन् भने एमालेका राजन भट्टराईले १ हजार ५८१ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ राप्रपा उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठ को १७१ मत छ । त्यस्तै हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणाको ३८ मत छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १४:३५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।