बुटवल । रुपन्देहीको क्षेत्र नं २ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै उनले अग्रता लिएका हुन् ।
७०२ मत गणना हुँदा गणेशले २७२ मत प्राप्त गरेका छन् भने विष्णु पौडेलले २२१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले १८४ मत प्राप्त गरेका छन् ।
यहाँ एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।




















प्रतिक्रिया