Logo

राजनीति

रुपन्देही–४ मा सदर र बदर मतको विषयलाई लिएर विवाद, मतगणना रोकियो



रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा सदर र बदर मतको विषयलाई लिएर विवाद हुँदा मतगणना रोकिएको छ । फरक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको हो ।

यहाँका निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार प्रतिनिधिसभा सदस्यको लागि ४ हजार ८ सय ४३ मतगणना भएको छ । जस अनुसार साइकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मतप्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:०३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।