Logo

प्रमुख समाचार

झापा ५ मा केपी ओलीको अग्रता दोब्बर



झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता दोब्बर बनाएका छन् । ओलीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २ हजार १ सय ६२ मतले पछि पारेका छन् ।

सोमबार राति ९ बजेसम्म ह८जार ५८ मत गणना सकिँदासम्म ओलीले ४ हजार १ सय ८१ मत पाएका छन् भने गठबन्धनको समर्थनमा पाएका कांग्रेसका अधिकारीले २ हजार १९ मत पाएका छन् ।

एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको उक्त क्षेत्रमा आइतबारको निर्वाचनमा ९९ हजार ४५ मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २१:५५   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।