Logo

प्रमुख समाचार

झापा–३ : कृष्णप्रसाद सिटौलासँगको मतान्तर बढाउँदै राजेन्द्र लिङ्देन



झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मतान्तर ढाबउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा ५ सय ६१ मतले अगाडि छन् ।

सुरुवाती मत परिणाममा सिटौलाभन्दा मात्र १४ मतले अगाडि रहेका लिङ्देनले ४ हजार ३ सय ९४ मत गणना सकिँदासम्म उक्त मतान्तर बनाएका हुन् ।२०७४

मा पनि सिटौलालाई १३ हजार बढी मतान्तरले पराजित गरी लिङ्देन पहिलो पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । सिटौला गठबन्धनका उम्मेदवार हुन भने लिङ्देनले गृह जिल्लामा एमालेसँग चुनावी तालमेल गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार २२:०६   :  बजे

375
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।