Logo

राजनीति

डडेल्धुरामा सागरले देउवालाई ३ हजार मतले पछ्याउँदै



डडेल्धुरा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणााम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवा ६ हजार ३९९ मतका साथ अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले सार्वजनिक गरेको मत परिणाम अनुसार उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार २७५ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्ल १ हजार ८२५ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०९:१३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।