बारा । बारा निर्वाचन क्षेत्र नं २ मा दुई गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार रामकिशोर यादव अगाडि देखिएका छन् ।
खरायो चुनाव चिन्ह्र लिएर बारा २ मा उम्मेदवार बनेका यादवले २ हजार २५३ मत प्राप्त गरेका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशहवाले १ हजार ८१७ र एमाले जसपा गठबन्धनबाट रामसहाय यादवले १ हजार ७८ मत प्राप्त गरेका छन् । बाराको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २ मा सुरुदेखि नै स्वतन्त्त उम्मेदवार यादव अगाडि छन् ।




















प्रतिक्रिया