Logo

प्रमुख समाचार

कास्की–१ : प्रतिनिधिसभातर्फको मतपेटिकामा भेटियाे प्रदेशसभाको मत, विवादपछि रोकियो मतगणना



पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभाको ९९ मत भेटिएपछि मतगणना रोकिएको छ । मतगणनाका क्रममा मंगलबार बिहान प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभाको मतपत्र पाइएपछि गणना रोकिएको हो ।

मादी गाउँपालिका वडा नम्बर ५ कार्यालयमा रहेको मतदान केन्द्रमा मतगणना भइरहँदा प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मत भेटिएपछि दलहरूबीच विवाद सिर्जना भएको हो ।

कर्मचारीले लाबरबाही गर्दै प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको दिएको दलहरूले जनाएका छन् । कास्की–१ मा एमालेका उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १२:५३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।