Logo

राजनीति

समानुपातिकतर्फ एमालेले कटायो एक लाख मत, पछ्यउँदै कांग्रेस



काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेले एक लाखभन्दा बढी मत पाएको छ । प्रारम्भिक मतपरिणामअनुसार एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ ।

पहिलो निर्वाचनमा सहभागी भएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ । मओवादीले ३८ हजार २८८ मत प्रप्त गरेको छ ।

पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ भने जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । माधवकुमार नेतृत्वको नेकपा एकीकृत नेपाल मजदुर किसान पार्टीभन्दा पछि छ । नेमकिपाले ५ हजार ४३४, नेकपा एसले ५ हजार ८३ मत पाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १७:००   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।