वीरगञ्ज । पर्साको क्षेत्र नम्बर ४ (२)मा नेपाली कांग्रेसका शंकर चौधरी निर्वाचित भएका छन् । पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले निकटम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गरेका हुन् ।
यही क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिएका हुन् । उनले संविधान सभा सदस्यसमेत रहेका नेकपा एमाले पर्सा अध्यक्ष थारुलाई २ हजार ३४ मतले थारुलाई पराजित गरेका हुन् ।
चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरे । यो सँगै पर्सा जिल्लामा २ वटा प्रदेशसभा कांग्रेसले हात पारेको छ । यसअघि पर्साको क्षेत्र नम्बर २ (१) मा नेपाली कांग्रेसकै श्याम पटेल निर्वाचित भइसकेका छन् ।




















प्रतिक्रिया