Logo

प्रमुख समाचार

ताप्लेजुङमा योगेशलाई सुरुवाती अग्रता



ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्हबाट मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका योगेश भट्टराईले अग्रता लिएका छन् ।

गणना भएको १०९ मत गणना गर्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) ले ३३ मत प्राप्त गरेका हुन् ।

राप्रपाका राम कार्कीले २ र लोकतान्त्रिक समाजवादीका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म ४ मत बदर भएको छ । 

जिल्लामा ८८ हजार २८५ मतदातामध्ये ४८ हजार ३५५ मत खसेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १८:१४   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।