प्युठान । सुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ ।
झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो । अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ ।
दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।
यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिँदासम्म ४ हजार ६७६ मतान्तर रहेको थियो। जिल्लाको ६४ वटा वडा रहेको प्युठानमा ३५ वटा वडाको मत परिणाम सार्वजनिक हुँदासम्म एमालेले अग्रता लिइरहेको छ ।
अहिलेसम्म सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका, ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकाको मतगणना सकिएको छ । अहिले मल्लरानी गाउँपालिकाको मत गणना चलिरहेको छ ।




















प्रतिक्रिया