Logo

प्रमुख समाचार

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै, पछ्याउँदै भुसाल



अर्घाखाँची । अर्घाखाँचीमा जारी मतगणनामा नेकपा एमाले उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन् । मत गणना अन्तिम चरणमा पुगेका बेला रायमाझीले अग्रता कायमै राखेका हुन् ।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार रायमाझीले २३ हजार ७२७ मतसहित अग्रता कायम गर्दा कांग्रेसकी पुष्पा भुसालले २१ हजार ६६४ मतले पछ्याइरहेकी छन् । 

रायमाझी र भुसालको मतान्तर २ हजार ६३ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १०:५९   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।