Logo

प्रमुख समाचार

प्युठानमा मतान्तर बढाउँदै सूर्य, दुर्गा ४ हजार मतान्तरले पछाडि



प्युठान ।  प्युठानमा  नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका सूर्य थापाले मतान्तर बढाउँदै लगेका छन् ।

सुरुवाती अग्रता कायम राखेका थापाले झिमरुक गाउँपालिकाको मत गणना हुँदा मतान्तर घटेको थियो । माण्डवी गाउँपालिकाको मतगणना हुँदा थापाले गठबन्धन तर्फबाट उम्मेदवार रहेकी दुर्गा पौडेललाई ४ हजार ६६ मतले पछाडि पारेका छन् ।

थापाले ७ वटा गाउँपालिकाको मतगणना सम्पन्न हुँदासम्म २७ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् भने पौडेलले २३ हजार ९ सय २३ मत प्राप्त गरेका छन् । हालसम्म नौबहिनी, सरुमारानी, गौमुखी, झिमरुक, मल्लरानी र माण्डवी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ ।

अब प्रतिनिधि सभातर्फ स्वर्गद्वारी नगरपालिका र प्युठान नगरपालिकाको मतगणना हुन बाँकी रहेको छ । 

प्रदेश सभामा पनि एमालेकै अग्रता 

दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्युठानमा सुरुवातदेखि नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्रदेश सभा क मा एमालेका तुल्सीराम शर्माले गठबन्धन तर्फबाट उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारीलाई पछाडि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार शर्माले १० हजार ७८ मत प्राप्त गरेका छन् भने अधिकारीले ८ हजार १ सय ५१ मत प्राप्त गर्दै १ हजार ९ सय २७ मतको मतान्तर रहेको छ ।

त्यसैगरी प्रदेश सभा ख मा एमालेका हरि प्रसाद रिजालले ११ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सरोज थापाले १० हजार ७ सय ५३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १५:४५   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।