धादिङ । धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले निरन्तर अग्रता लिइरहेका छन् ।
जारी मतगणनामा अहिलेसम्म रामनाथ १४ हजार ९ सय ३४ मतसहित अघि छन् । नेकपा एमालेका उम्मेदवार खेम लोहनी ११ हजार ६ सय २६ मतसहित पछि छन् ।
उनीहरूबीच तीन हजार तीन सय ८ मतको अन्तर छ ।




















प्रतिक्रिया