Logo

राजनीति

सुवास नेम्वाङको क्षेत्रमा मतगणना स्थगित



इलाम । इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले केहीबेरदेखि मतगणना स्थगित भएको जानकारी दिए ।

दाहालका अनुसार नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो। कांग्रेस उम्मेदवारले गनिसकेको मतपत्र लापारबाही तरिकाले राखिएको भन्दै असन्तुष्टि जनाउँदा विवाद सिर्जना भएको उनले जनाए ।

विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। निर्वाचन अधिकृत दाहालले साढे ५ बजे सर्वदलीय बैठक बसेर गणना सुरू गरिने बताए ।

‍इलाम-२ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङ अगाडि रहेका छन्। उनले ९ हजार ९८३ मत ल्याउँदा खड्काले ८ हजार ७२५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ५ : ५६ बजे

1.098k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।