Logo

प्रमुख समाचार

सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ एमालेका राईको अग्रता कामयै, मतान्तर घटाउँदै कांग्रेसका केसी



सोलुखुम्बु । सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका मानवीर राईले अग्रता कायमै राखेका छन् । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको जिल्लामा १८ हजार ३०१ मत गणना हुँदा राईले ८ हजार ६२४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेका बलबहादुर केसीले ७ हजार ७३९ मतका साथ पछ्याइरहेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको साथ पाएका केर्सी एमालेका राईभन्दा ९१५ मतले पछि छन् । यद्यपि केसीले मतान्तर क्रमशः घटाउँदै ल्याएका छन् । राईले मतगणनाको सुरुवात देखि नै अग्रता लिएका हुन् । ८१ हजार ५०२ मतदाता रहेका सोलुखुम्बुमा मंसिर ४ को निर्वाचनमा ४० हजार ३३३ मत खसेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १८:५७   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।