कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मतका साथ विजय हासिल गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।




















प्रतिक्रिया