काभ्रे । काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल प्रसाद बास्कोटाले अग्रता लिएका छन् । सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंको सुरुवाती अग्रता उल्ट्याउँदै बास्कोटा अघि लागेका हुन् ।
पछिल्लो पटक प्राप्त मत परिणामा अनुसार बास्कोटाले १७ हजार ३१ मत पाएका छन् भने हुमागाईंले १६ हजार ७ सय ८८ मत पाएका छन् । जसअनुसार बास्टोका हुमागाईंभन्दा २ सय ४३ मतले पछि परेका छन् ।
पनौती नगरपालिकाको ३ मा भारी मत पाएसँगै बास्कोटाले अग्रता लिएका हुन् । वडा नं ३ मा खसेको कुल मतमध्ये बास्कोटाले १४ सय १८ मत र हुमागाईंले ५ सय ८९ मत पाएका छन् ।




















प्रतिक्रिया