Logo

प्रमुख समाचार

कञ्चनपुर-२ मा कांग्रेसका नारायणप्रसाद निर्वाचित



कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नारायणप्रसाद साउद निर्वाचित भएका छन् । निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन् ।

लोकतान्त्रिक-वाम गठबन्धनबाट उम्मेदवार बनेका साउदले २८ हजार १ सय मत प्राप्त गरे । धामीले २१ हजार ६४५ मत प्राप्त गरे ।

१ लाख ५ हजार ५७७ मतदाता रहेको क्षेत्र नं. २ मा ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०७:५९   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।