Logo

राजनीति

सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट माओवादी केन्द्रका कर्ज्याङ निर्वाचित



सोलुखुम्बु । सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र ‘१’ मा नेकपा (माओवादी केन्द्र) का गोम्बु शेर्पा ‘कर्ज्याङ’ विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार उत्तमकुमार बस्नेतलाई १ हजार ६३७ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

१० हजार ३५ मतका साथ कर्ज्याङ निर्वाचित हुँदा बस्नेतले ८ हजार ३९८ मत पाए । कर्ज्याङ १० वर्षे सशस्त्र माओवादी जनयुद्धमा सक्रिय भूमिका खेलेका नेता हुन् ।

बस्नेत ०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी प्रदेश नं. १ का राज्यमन्त्रीसमेत बने । प्रदेशसभामा दाेहाेरिने उनकाे सपना कर्ज्याङका कारण यस पटक अधुरै रह्याे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।