Logo

प्रमुख समाचार

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य एमालेका मानवीर राई विजयी



सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मानवीर राई विजयी भएका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे ।

एमालेका राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए । तीन पटक मन्त्री भइसकेका केसी सातौं पटक उम्मेदवार बनेका थिए । गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमान विपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मारेका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:२९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।