झापा । झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पराजित गरेर विजयी भएका हुन् ।
निर्वाचित सावाँले २९ हजार ३ सय १५ मत पाउँदा निकटतम् प्रतिस्पर्धी थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पनि उक्त क्षेत्रबाट साँवा र थेवेबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि साँवाले थेवेलाई १६ हजार बढी मतान्तरले पराजित गर्दै पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।




















प्रतिक्रिया