पूर्वी नवलपरासी । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डा. शशांक कोइराला निर्वाचित भएका छन् । उनको यो लगातार चौथो जित हो । उनले नेकपा एमालेका कृष्ण पौडेललाई २ हजार ८२ मतान्तरले हराएका हुन् ।
कोइरालाले २७ हजार १ सय २७ ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पौडेलले २५ हजार ४३ मत पाए । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कोइराला २०६४, ०७०, ०७४ मा पनि यहीँबाट निर्वाचित भएका थिए । यो पटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार उनी चौथो पटक विजयी भएका हुन् ।




















प्रतिक्रिया