Logo

कर्पोरेट फोकस

सेन्साईको “बिश्वकप च्याम्पियन अफर” योजना सार्वजनिक



जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले यो अन्तराष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै “बिश्वकप च्याम्पियन अफरू नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३०,१०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन् ।

ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ । ग्राहकहरुले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् । कम्पनीले सिजी डिजिटल शोरुमबाट फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो, एक्सचेन्ज अफर र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार  २ : ०८ बजे